भदौ २७
प्रधानसेनापति अशोकराज सिग्देल राष्ट्रपति भवन शीतलनिवासबाट बाहिरिएका छन् । अन्तरिम सरकार गठनको प्रक्रियामै रहेको बेला राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफल गर्न सिग्देल महाराजगञ्जस्थित शीतलनिवास पुगेका थिए । उनी करिब ३० मिनेट राष्ट्रपति पौडेलसँग छलफल गरेर फर्किएका हुन् । राष्ट्रपतिसँग छलफल गरेर प्रधानसेनापति फर्किएलगत्तै सेनाको संख्या बाक्लो बनाइएको छ भने बख्तरबन्द गाडीसहित नेपाली सेनाले गस्ती बढाएको छ ।
हामीलाई प्राप्त सूचनाअनुसार अब केही बेरमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन हुँदै छ । उक्त सरकार गठनको संवैधानिक आधार के हुने भन्नेबारेमा भने अन्योल छ ।
२७ भदौ २०८२, शुक्रबार ०२:५९ मा प्रकाशित