भदौ २४
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज ललितपुरस्थित नख्खु कारागारबाट रिहा भएका छन्। ठूलो सङ्ख्यामा प्रदर्शनकारी कारागार घेराउमा गएपछि परिस्थिति थप बिग्रन नदिन र परिस्थितिलाई काबुमा राख्ने सर्तमा उनलाई रिहा गरिएको कारागार प्रमुख सत्यराज जोशीले जानकारी दिए। सहकारी ठगीसम्बन्धी अभियोगमा उनी सो कारागारमा थुनामा थिए।
२४ भदौ २०८२, मङ्गलबार ०४:०३ मा प्रकाशित