नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सङ्खुवासभाको उम्मेदवार सिफारिस

barunnews.com

  सङ्खुवासभा १२ पुष 

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सङ्खुवासभाले प्रतिनिधिसभा र राष्ट्रिय सभाका लागि उम्मेदवारको नाम सिफारिस गरेको छ ।  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सङ्खुवासभाले उम्मेदवारहरुको नाम सिफारिस गरेको छ ।  नेपाली कम्युनिष्ट पार्टीको केन्द्र, प्रदेश र जिल्ला तहका नेताहरू सहभागी शुक्रबार खाँदबारीमा बसेको बैठकले प्रत्यक्षतर्फ ४, समानुपातिकतर्फ ३ र राष्ट्रिय सभाका लागि दुई जनाको नाम सिफारिस गरेको हो । 

फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य तथा माघ ११ गते हुने राष्ट्रिय सभा सदस्यको निर्वाचन प्रक्रियालाई लक्षित गर्दै नेपाली कम्युनिष्ट पार्टीले उम्मेदवार सिफारिस गरेको हो । शुक्रबार बसेको जिल्ला कार्यसमितिको  बैठकले आसन्न निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गरेको नेपाली नेपाली कम्युनिष्ट पार्टी टेकमान राईले जानकारी दिए । 

खाँदबारीमा बसेको बैठकले प्रनिधिसभा प्रत्यक्ष तर्फ केन्द्रिय सदस्य तथा पूर्व प्रदेशभा सदस्य सरिता थापा, चन्द्र बहादुर न्यौपाने, पूर्व केन्द्रिय उमेश कुमार डाँगी र  पूर्व केन्द्रिय सदस्य राजेन्द्र कुमार किँरातीको नाम सिफारिस गरेको हो । प्रनिधिसभा समानुपातिक तर्फ इन्दिरा मिश्र (कार्की),लाखमान तामाङ र झलक गुरुङलाई सिफारिस गरेको छ । त्यस्तै राष्ट्रिय सभा निर्वाचनका लागि पूर्व केन्द्रिय सदस्य हेमराज घिमिरे र केशर महतेको नाम सिफारिस भएको नेपाली कम्युनिष्ट पार्टीले जनाएको छ । 

प्रतिक्रिया