भदौ ३०
संखुवासभा । नवनियुक्त उर्जामन्त्री कुलमान घिसिङले विद्युत् प्राधिकरणलाई डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम असुल्न निर्देशन दिएका छन् । उनले मन्त्रालय सम्हाले पछिको पहिलो निर्णयको रूपमा डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम असुल्न निर्देशन दिएका हुन् । कुलमान प्राधिकरणको कार्यकारी निर्देशक रहँदा सरकारले बक्यौता रकम उठाउन दिएको थिएन । आज आएर उनले पहिलो निर्णय नै बक्यौता उठाउने गरेका छन् ।
३० भदौ २०८२, सोमबार ०५:१४ मा प्रकाशित