सङ्खुवासभा १० चैत,सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन योगदान पु¥याउने सुरक्षा निकाय तथा कर्मचारीलाई सम्मान गरिएको छ । जिल्ला प्रशासन कार्यालय संखुवासभाले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ लाई सफल बनाउन महत्वपूर्ण भूमिका खेलेका सुरक्षाकर्मी तथा कर्मचारीलाई सम्मान गरेको हो । आज जिल्ला प्रशासन कार्यालयमा एक कार्यक्रमका बीच निर्वाचन सफल बनाउन महत्वपूर्ण भूमिका खेलेका सुरक्षाकर्मी तथा कर्मचारीलाई सम्मान गरेको छ । प्रमुख जिल्ला अधिकारी तथा जिल्ला सुरक्षा समितिका संयोजक सिर्जना थपलियाले विभिन्न चार सुरक्षा निकायका प्रमुख सहितका सुरक्षाकर्मी विभिन्न कार्यालय प्रमुख तथा कर्मचारीलाई प्रशंसा पत्र र दोसल्लासहित सम्मान गर्नु भएको छ । फागुन २१ मा सम्पन्न निर्वाचनलाई शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गराउन उहाँहरुले निर्वाह गरेको भूमिकाको कदर स्वरूप उक्त सम्मान प्रदान गरिएको प्रशासनले जनाएको छ । निर्वाचनको क्रममा शान्ति सुरक्षा कायम राख्दै निष्पक्ष र व्यवस्थित वातावरण सिर्जना गर्न उल्लेखनीय योगदान पु¥याएका सुरक्षाकर्मी तथा कर्मचारीहरूको उच्च मूल्यांकन गर्दै उनीहरूलाई सम्मान गरिएको हो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी थपलियाले निर्वाचनलाई सफल बनाउन सबै पक्षको समन्वय र सक्रियता प्रशंसनीय रहेको उल्लेख गर्नुभयो । जिल्लामा सुरक्षा व्यवस्थापन प्रभावकारी रूपमा सञ्चालन हुन सुरक्षा समितिका सदस्यहरूको समन्वय र सक्रियता निर्णायक बनेको प्रमुख जिल्ला अधिकारी थपलियाले बताउनुभयो । जिल्ला प्रशासन कार्यालयले आगामी दिनमा पनि यस्ता उत्कृष्ट कार्य गर्ने व्यक्तिहरूलाई प्रोत्साहन गर्दै सम्मान गर्ने जनाएको छ ।
सत्य,तथ्य र निष्पक्ष समाचारका लागि