भविन कार्की, सङ्खुवासभा असोज १०
उत्तर दक्षिण कोशी राजमार्ग अन्तरर्गतको खाँदबारी –किमाथाङका सडक अविरल वर्षासँगै खसेको ठूलो पहिरोका कारण ४ महिना देखि पूर्णरूपमा अवरुद्ध छ । निरन्तर वर्षाका कारण आएको पहिरोका कारण उत्तर दक्षिण कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको भोटखोला गाउँपालिका–४, वरुण स्थित सडक अवरुद्ध भएको छ । उत्तर दक्षिण कोशी राजमार्गकै मकालु गाउँपालिका–३, एकुवामा पनि पहिरोले सडक अवरुद्ध भएको छ । कोशी राजमार्ग अन्तरर्गतको खाँदबारी –किमाथाङका सडक अवरुद्ध हुँदा भोटखोला गाउँपालिका सँग सम्बन्ध विच्छेद भएको छ ।
यो सडक अवरुद्ध जनजीवन र दैनिक उपभोग्य सामग्रीको ढुवानीमा समेत समस्या आएको छ । माथिल्लो क्षेमा भारी बर्षाले पहिरो झर्न क्रम नरोकिएको र अरुण नदीको कटानका कारण दसैँ अघि उत्तर दक्षिण कोशी राजमार्ग खुलाउन नसकिएको उत्तर दक्षिण कोशी सडक आयोजनाका प्रमुख राम बहादुर गुरुङले बताउनु भयो । बर्षाका कारण माथिबाट लगातार पहिरो झरिरहेको र अरुण नदी सहत बढेका कारण निरन्तर कटान भइरहेको कारण दसैँ अघि सडक सुचारु गर्न नसकिएको आयोजनाका प्रमुख गुरुङले बताउनुभयो । सडक खुलाउन पहल भइरहेको भएपनि ब्यक्तिको जग्गा भएका कारण सहमति जुट्न नसकेपछि नसकिएको सडक कार्यालयले जनाएको छ ।
मकालु गाउँपालिका–३ एकुवा क्षेत्रमा खसेको ठुलो पहिरोले करिब पाँच सय मिटर सडक बगाएपछि भोटखोला गाउँपालिका र मकालुका केही वडाहरुमा सम्पर्क पूर्ण रूपमा टुटेको हो । दसैंको मुख्य चाड नजिकिँदै गर्दा सडक अवरुद्ध हुँदा जनताले आवतजावतमा मात्र होइन, अत्यावश्यक सामग्री ल्याउन, लैजान र विरामीले सास्ती भोग्नु परेको छ । दसैं नजिकिँदै गर्दा चाडपर्वका लागि आवश्यक सामग्री ल्याउन नसक्दा स्थानीय व्यापारीहरू समेत चिन्तित छन् । सडक अवरुद्ध भएसँगै यात्रुबहाक गाडीहरू बाटोमै रोकिएका छन् ।