सङ्खुवासभा ३० कात्तिक
सङ्खुवासभाको सदरमुकाम खाँदबारी फरार प्रतिवादी र प्रहरी बिच जम्का भेट हुदाँ प्रहरी माथि आक्रमण भएको छ । खाँदबारी नगरपालिका –१ स्थित अस्पताल चोकको पाँचखपन चुङखुरुङ होटलमा शङ्कास्पद अवस्थामा देखिएका फरार प्रतिवादी माथि सोधपुछ गर्ने क्रममा आक्रमण हुदाँ सादा पोसाकमा खटिएका प्रहरी साहयक हवल्दार घाइते भएका छन् । खुकुरी देखाएर भाग्न खोजेपछि विभिन्न मुद्दाका आरोपित एकजनालाई प्रहरीले गोली हानेर पक्राउ गरेको छ । प्रहरीले प्रहार गरेको गोली लागेका युवा अपराधिक पृष्ठभूमिका हुन् ।
आइतबार दिउँसो खाँदबारी–१ स्थित अस्पताल चोकको पाँचखपन चुङखुरुङ होटलबाट खाँदबारी नगरपालिका–६ घर भएका ३१ वर्षीय रुद्रबहादुर विश्वकर्मालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीले जानकारी दिनुभयो । प्रहरीमाथि खुकुरीले आक्रमण गर्न खोजेपछि प्रतिरक्षाका लागि गोली चलाउनु परेको उहाँको भनाइ छ । जिल्ला अस्पताल खाँदबारीमा सामान्य उपचारपछि विकलाई थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । फैसला कार्यान्वयनका लागि फरार प्रतिवादी खोजतलास गर्न प्रहरी टोली खटिएको थियो । फरार मुद्दाका प्रतिवादी खोजी गर्न क्रममा सादा पोसाकमा खटिएको प्रहरी टोली माथि आक्रमण हुदाँ प्रहरी साहयक हवल्दार घाइते भएको प्रहरी नायव उपरीक्षक मैनालीले बताउनुभयो । घाइते प्रहरी साहक हवल्दारको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । उनले सुरुमा कुकरले प्रहरीको टाउकोमा प्रहार गरेछन् । त्यसपछि खुकुरीले हान्न खोज्दा गोली प्रहार गर्नुपर्ने अवस्था आएको प्रहरीको भनाइ छ । प्रहरी साहयक हवल्दारलाई घाइते बनाएर खुकुरी देखाउँदै भाग्न खोजेपछि देब्रे तिघ्रामा गोली प्रहार गरी पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक मैनालीले बताउनुभयो । चोरीका पटके प्रतिवादीका रूपमा केही समय अघि कारागार बसेर सजाय भुक्तान गरी निस्केका थिए । कारागारबाट निस्किएपछि विश्वकर्मा माथि ६–७ वटा चोरीको उजुरी परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीलाई प्रहार गर्न खोजेको एउटा खुकुरीसमेत बरामद गरेको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।