झुम्का कारागारबाट फरार भएका कैदी पक्राउ

barunnews.com

 संखुवासभा, असोज ९ 

जेनजी प्रदर्शनका क्रममा झुम्का कारागारबाट भागेका एक जना कैदी संखुवासभामा पक्राउ परेका छन् । प्रहरीले मादी  नगरपालिका–३ का ३१ वर्षीय दिपेन लिम्बूलाई   पक्राउ गरेको छ । कर्तव्य ज्यान मुद्दामा सुनसरी स्थित क्षेत्रिय कारागार झुम्कामा कैद भुक्तान गरिरहेका लिम्बूलाई बिहीबार आज मङ्लबारेबाट  पक्राउ गरिएको जिल्ला  प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायव उपरीक्षक कुमार प्रसाद मैनालीले जानकारी  दिनुभयो । 

विशेष सुचनाका आधारमा आज बिहान ५ बजे मङ्गलबारेबाट पक्राउ गरिएको हो । लिम्बुलाई मादी प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक धाकबहादुर श्रेष्ठको कमाण्डमा खटिएको टोलीले पक्राउ गरको हो ।   पक्राउ परेको लिम्बूलाई आजै जिल्ला कारागारमा बुझाइने प्रहरीले जनाएको छ । 

२०८० भदौ २५ गते जिल्ला अदालत सुनसरीले कर्तव्य ज्यान मुद्दामा पुर्पक्षका लागि झुम्का कारागार चलान गरेको थियो संखुवासभामा केही दिन अघि झुम्काबाट फरार भएका दुई जना र नख्खुबाट फरार भएका एक जना पक्राउ परिसकेका छन् । उनीहरूलाई बुधबार  सुनसरीस्थित क्षेत्रीय कारागार झुम्का पठाएको जिल्ला कारागार खाँदबारीले जनाएको छ ।  


प्रतिक्रिया