बिहेमा झगडा गरेको निहुँमा भोटखोलामा छिरिङले छिमेकीको घरमा आगो लगाए

barunnews.com

सङ्खुवासभा मंसिर २३

सङ्खुवासभाको भोटखोला गाउँपालिका –४ मा श्याक्सिलामा बिहेमा विवाद पछि झगडा हुदाँ एक घरमा आगो लगाएका छन् । भोटखोला–४ श्याक्सिलामा बिवाहमा वादविवाद पछि झगडा हुदाँ  छिमेकीको घरमा आगो लगाएका छन् । गत मङ्सिर १९ गते राति बिहेमा वादविवाद पछि झगडा हुदाँ स्थानीय डुप्साङ भोटेको घरमा पेट्रोल हालेर आगो लगाइएको छ । 

छिमेकीको घरमा आगो  लगाएको आरोपमा सोही ठाउँका छिरिङ भोटेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक धन बहादुर राजवंधीले बताए । आगलागिबाट डुप्साङको ढुङ्गा र काठले बनेको दुईतले घर जलेर नष्ट भएको छ । आगलागिबाट खाद्यान्य लत्ता कपडा सहित करिव लाख रुपैयाँको क्षति भएको प्रहरी निरीक्षक राजवंधीले बताउनुभयो । राति सुतेको समयमा बाहिरबाट आगो लगाउँदा आगलागिमा परेर डुप्साङ भोटे र उनकी श्रीमती ३२ बर्षीया साङ्मु भोटे घाइते भएका छन् ।  आगो निभाउने क्रममा घाइते भएकी डुप्साङकी श्रीमती साङ्मलाई हेलिकप्टर मार्फत काठमाडौं लगिएको प्रहरीले जनाएको छ । घटनको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ  । 

प्रतिक्रिया