barunnews.com

भदौ ३०

संखुवासभा । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद विस्तार गरेकी छिन्। उनले नियुक्त गरेका तीन मन्त्रीले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। नवनियुक्त मन्त्रीहरू रामेश्वर खनाल, ओमप्रकाश अर्याल र कुलमान घिसिङलाई शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराए। घिसिङलाई उर्जाका साथै भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ। अर्याललाई गृह र कानुन तथा खनालले अर्थ मन्त्रालयको जिम्मेवारी पाएका छन्।   जेनजी आन्दोलनका कारण नागरिक स्तरको सरकार गठन हुने परिस्थिति बनेपछि कार्की शुक्रबार प्रधानमन्त्री नियुक्त भएकी थिइन्।

प्रतिक्रिया