खाँदबारी –४ स्थित भगिवन्त रंगशालामा नवौं पाङ्मा कप फुटबल जारी

barunnews.com


 संखुवासभा मंसिर १६ 

सङ्खुवासभाको खाँदबारी नगरपालिका–४ स्थित पाङ्मामा नवौं आमन्त्रित पाङ्मा कप फुटबल प्रतियोगिता जारी छ । खाँदबारी–४ स्थित लोहोरुङ क्लव पाङ्माको आयोजनमा भगिवन्त रंगशालामा जारी नवौं   पाङ्मा कप आमन्त्रित फुटबल प्रतियोगिता दोस्रो दिन पनि जारी छ । किरात राईहरुको मौलिक पर्व साकेला उद्यौलि पर्व धान्य पूर्णिमाको अवसरमा दुई बर्ष अघि देखि लाग्दै आएको  ढांडे मेला अवसरमा सोमबार देखि नवौं पाङ्मा कप फुटबल प्रतियोगिता सुरु भएको हो । 

 नवौं पाङ्मा आमन्त्रित फुटबलको सेमिफाइनलमा ४ टिम प्रवेश गरेका छन् । भोजपुरको सोमबारे फुटबल क्लव, मकालु फ्रेन्स्ड क्लव, खाँदबारी युथ क्लव र सभापोखरी फुटबल क्लव सेमिफाइनल प्रवेश गरेका हुन् । आज भएको प्रतियोगितामा सेकाहा सामुदायिक विकास क्लवलाई पराजित गर्दै खाँदबारी युथ क्लव सेमिफाइनल प्रवेश गरेको छ । खाँदबारी युथ क्लव ट्राइबेकरमा ९–८ गोल अन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो । त्यस्तैगरी आज भएको दोस्रो खेलमा भोजपुरको सोमबारे युथ क्लवले संखुवसभाको एड्भान्स क्लव मानेभञ्याङलाई पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो । भोजपुरको सोमबारे युथ क्लवले ३–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो । भोलि बुधबारको पहिलो पहिलो खेल मकालु फ्रेन्स्ड क्लव र खाँदबारी युथ क्लव बिच प्रतिस्पर्दा हुनेछ । 

आगामी मंसिर १९ गते सम्म सञ्चालन हुने फुटबल प्रतियोगितामा सङ्खुवासभा, भोजपुर सहितका विभिन्न जिल्लाका ८  क्लबको सहभागिता जनाएको प्रतियोगिता संयोजक ध्यान सिं राईले बताए ।  विजयी टिमलाई नगद २ लाख ५० हजार रुपैयाँ, ट्रफि, मेडल, प्रमाण पत्र प्राप्त गर्नेछ । भने उपविजेतालाई नगद एक लाख रुपैयाँ कप मेडल प्राप्त गर्नेछ छ । त्यस्तै गरी सेमिफाइनलमा प्रवेश गरेको दुई टिमलाई नगद २५÷२५ हजार प्रदान गरिने आयोजक लोहोरुङ क्लवले जनाएको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्तालाई जनही ५ हजार रुपैयाँ प्रमाण पत्रलेसम्मान गरिने आयोजकले जनाएको छ ।  फुटबल प्रतियोगितामा करिब नगद ११ लाख बढी खर्च हुने आयोजकले अनुमान गरेको छ । फुटबल खेलको विकास, आधुनिकीकरण र खेलाडीको व्यावसायीकरण गर्ने उद्देश्य फुटबल प्रतियोगिता गर्ने लागिएको आयोजकले जनाएको छ ।  


प्रतिक्रिया