संखुवासभा असोज ८
संखुवासभाको खाँदबारी नगरपालिका –३ स्थित मानेभञ्याङमा अण्डर १६ पुरुष फुटबल प्रतियोगिता सुरु भएको छ । एडभान्स क्लव आयोजनामा खाँदबारी–३ स्थित महेन्द्र माध्यमिक विद्यालय मानेभञ्याङको खेल मैदानमा आज देखि स्वर्गीय मान बहादुर तथा प्रदिप गुरुङ स्मृति कप अण्डर पुरुष फुटबल प्रतियोगिता भएको हो । फुटबल खेलको विकास, आधुनिकीकरण र खेलाडीको व्यावसायीकरण गर्ने उद्देश्य फुटबल प्रतियोगिता गर्ने लागिएको आयोजकले जनाएको छ ।
प्रतियोगिताको वडाध्यक्ष भरत कुमार घिमिरेले उद्घाटन गरेका थिए । आज बुधबार भएको प्रतियोगिताको उद्घाटन खेलमा सित्तलपाटी फुटबल क्लवले विजयी भएको छ । सित्तलपाटी फुटबल क्लवले अलमष्ट होमलाई २–१ गोल अन्तरले पराजित गर्दै विजयी सुरुवता गरेको हो । आज देखि सुरु भएको अण्डर १६ पुरुष फुटबल प्रतियोगिता असोज ११ गते सम्म सञ्चालन हुने आयोजकले जनाएको छ । जिल्ला स्तरीय अण्डर १६ पुरुष फुटबल प्रतियोगितामा जिल्लाका विभिन्न क्लव तथा टिमको सहभागीता रहेको एडभान्स क्लवका अध्यक्ष जिल्लामान राईले बताए । प्रतियोगिताको विजयी टिमलाई नगद ४० हजार रुपैयाँ,ट्रफि, मेडल, प्रमाण पत्रले सम्मान गरिने छ भने उपविजेतालाई नगद २५ हजार रुपैयाँ ट्रफि, मेडल, प्रमाणले सम्मान गरिने छ । त्यस्तै गरी सेमिफाइनालिष्ट दुई टिमलाई नगद ७ हजार ५ सय रुपैयाँ ट्रफि, मेडल, प्रमाण पत्र, उत्कृष्ट खेलाडीलाई नगद ३ हजार रुपैयाँ, उत्कृष्ट गोलरक्षकलाई नगद २ हजार रुपैयाँ र सर्वाधिक गोलकर्तालाई नगद २ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।