सङ्खुवासभा २७,सङ्खुवासभाको चैनपुर नगरपालिका –७ मा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । चैनपुर–७ फलाटेमा घाँस काट्ने क्रममा रुखबाट लडेर ४० वर्षीय राम बहादुर बर्देवाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक सूचना अधिकारी धन बहादुर राजवंशीले बताउनुभयो । बुधबार दिउँसो रुखबाट लडेर गम्भीर घाइते भएका बर्देवाको आधारभूत अस्पताल चैनपुरमा पु¥याउँदा अस्पतालले मृत घोषणा गरेको थियो । घटना लगत्तै इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक पर्शुराम राई सहितको टोली घटना स्थल पुगेको थियो । उनको शव पोस्टमार्टमका लागि आधारभूत अस्पताल चैनपुरमा राखिएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
२७ फाल्गुण २०८२, बुधबार ०५:०२ मा प्रकाशित