सङ्खुवासभा २६ फागुन
सङ्खुवासभामा भोटखोला गाउँपालिकामा भरुवा बन्दुक सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भोटखोला गाउँपालिका–४ सिप्रुङ बस्ने ६० वर्षीय धनमान विश्वकर्मा रहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायव उपरीक्षक कुमार प्रसाद मैनालीले बताउनुभयो ।
विशेष सूचनाका आधारमा विश्वकर्मालाई १ थान भरूवा बन्दुक सहित सोमबार पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय हेदाङनाबाट खटिएको प्रहरी निरीक्षक वीरेन्द्र कुमार यादवको टोलीले घर खानतलासी गर्दा उक्त बन्दुक बरामद गरेको हो । अनुसन्धानका क्रममा उनको घरबाट एकनाले भरुवा बन्दुक फेला पारेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
२६ फाल्गुण २०८२, मङ्गलबार ०३:५७ मा प्रकाशित