संखुवासभा असोज १३
संखुवासभामा मनकामना र सिद्धकाली शक्तिपीठबाट ल्याइएको फूलपाती सेना, प्रहरी र सशस्त्र प्रहरीले आज दसैंघरमा भित्र्याएका छन् । सोमबार बिहान परम्परागत बाजा, फूलपातीको डोलीको लावालस्कर सहित हर्षोउल्लासका मनकामना र सिद्धकाली शक्तिपीठबाट ल्याइएको आज दसैंघरमा भित्र्याएका हुन् । फूलपाती दसैंघरमा भित्र्याए पुगेपछि दसैंको रौनक बढ्ने र दसैं भित्रियो भन्ने प्रचलन छ । नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना पनि गरेर मनाइएको छ । दुर्गा पक्षको सातौं दिन कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । जिल्ला प्रहरी कार्यालय संखुवासभाले खाँदबारी नगरपालिका –१ स्थित पूmलपाति चोकबाट सेनाले मनकामना मन्दिर र सशस्त्रले सिद्दकाली मन्दिरबाट फूलपाती ल्याएका हुन् । जिल्ला प्रहरी कार्यालयले खाँदबारी १ स्थित पूmलपाति चोक बेलको फेदमा पूजाअर्चना गरे पश्चात फूलपाती भित्त्राएको हो ।
फूलपाती भित्र्याउनुअघि प्रहरीले पूmलपाति चोकमा, सेना प्रहरी र सशस्त्र प्रहरीले स्थानीय मठमन्दिरका नाममा फायरिङ गरेर सलामी दिएका थिए । बाजागाजासहित पूजा गरेर फूलपाती भित्र्याइएको हो । मनकामना शक्तिपीठबाट सेनाको नयाँ भैरवी दलले ल्याएको फूलपातीको टुँडिखेलमा प्रहरीसँग सम्युक्त रूपमा विधिपूर्वक पूजा आरधना पश्चात नेपाली सेनाले सलामीसहित सम्मान अर्पण गरेको थियो । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् ।