मैदानेका आगलागि पीडितलाई संखुवासभा समाज कतारको आर्थिक सहयोग

barunnews.com


संखुवासभा,पुष ४ 

संखुवासभा समाज कतारले आगालागी पीडितलाई आर्थिक सहयोग गरेको छ। गत मङ्सिर २८ गते चैनपुर नगरपालिका –४ मैदानेमा ग्यास लिग भएर श्याम लिम्बुको घरमा आगलागि भएको भएको थियो  । आगलागि पीडित लिम्बुको परिवारलाई संखुवासभा समाज कतारले नगद १९ हजार ९ सय रुपैयाँ आर्थिक सहयोग गरेको छ ।  संखुवासभा समाज कतारले संकलन गरेको नगद १९ हजार ९ सय रुपैयाँ रकम वडाअध्यक्ष धनबहादुर तामाङ मार्फत आगलागि पीडितलाई हस्तान्त्ररण गरिएको संखुवासभा समाज कतारका महासचिव शिब कुमार खत्री ले बताए । 

आगलागिमा परेर एक सय ५० मन अलैचीँ,१४ तोला सुन,१० लाख रुपैयाँ नगद किराना पसलका सामान, अन्नपात, भाडा वर्तन र लत्ता कपडा जलेर पूर्ण रुपमा नष्ट भएको प्रहरीले जनाएको छ । आगो निभाउने क्रममा जलेर श्यामका  ८८ बर्षीय बुबा दिल बहादुर लिम्बुको मृत्यु भएको थियो । आगलागिबाट करिव दुई करोड ३६ लाख रुपैयाँ बरावरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 


प्रतिक्रिया