सङ्खुवासभा असोज १७
जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले मनसुन गतिविधि सक्रिय रहने भएकाले यात्रामा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले शुक्रबार असोज १६ गते देखि २० गते सम्म अत्यन्त जरुरी बाहेक टाढा र रातिको समयमा यात्रामा सतर्कता अपनाउन प्रशासनले अनुरोध गरेको छ ।
सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाद्धारा विज्ञप्ती जारी गर्दै भारी बर्षाले जिल्लामा साना नदी खोलमा आकस्मिक बाढी आउन सक्ने,पहिरो भू–क्षयजस्ता विपद् जोखिम बढ्ने जोमिख भएका कारण यात्रामा विशेष सावधानी अपनाउन आग्रह गरेको हो । पहिरोको जोखिम रहेका तथा नदी किनारका बस्तीहरुमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । प्रशासनले तीन दिनसम्म सङ्खुवासभा सहित देशका विभिन्न भागमा भारी वर्षा हुने सम्भावना रहेको भन्दै सचेत रहन भनेको हो । जोखिम न्यूनीकरणका लागि सतर्कता अपनाउन प्रशासनले अनुरोध गरेको जनाएको छ । प्रशासनले अत्यावश्यक नपरी घर बाहिर ननिस्कन, पहिरो तथा डुबानको सम्भावित क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानको जानकारी राख्न र आवश्यक परेमा सर्ने तयारी गर्न आग्रह गरेको छ ।त्यस्तै गरी कोशी राजमार्ग सहित मुख्य सडक अबरुद्ध भएमा तत्काल खटाउन मिल्ने गरी डोजर, लोडर जस्ता उपकरण तयारी अवस्थामा राख्न र साझेदार संस्थाहरूलाई विपद् व्यवस्थापन समितिको सम्पर्कमा रहि अलर्टमा रहन पनि अनुरोध गरिएको छ ।