सङ्खुवासभा १७ असोज
सङ्खुवासभाको सिलिचोङ गाउँपालिका –४ माङ्तेवामा शिक्षक माथि खुकुरी प्रहार भएको छ । सिलिचोङ–४ माङ्तेवामा बिहीबार राति जीवन ज्योती माध्यमिक विद्याललयका शिक्षक शिक्षक राजेन्द्र राई माथि खुकुरी प्रहार भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताउनुभयो । मादक पदार्थ सेवन गरेर जीवन ज्योती माविका शिक्षक राई माथि खुकुरी प्रहार भएको प्रहरी निरीक्षक लामिछानेले बताउनुभयो ।
खुकुरी प्रहारबाट शिक्षक राईको टाउको,हात र शरीरमा विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ । शिक्षक राजेन्द्र माथि मादक पदार्थ सेवन गरेका पूmपुका छोरा सुरेन्द्र राई र एक नावालक (अमिर राई) ले खुकुरी प्रहार गरेर गम्भीर घाईते बनाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लामिछानेले बताउनुभयो । गम्भीर घाईते शिक्षक राईको जिल्ला अस्पताल सङ्खुवासभामा उपचार हुन नसकेपछि थप उपचारका लागि शुक्रबार बिहान विराटनगर स्थित न्यूरो अस्पताल लािगएको प्रहरी निरीक्षक लामिछानेले बताउनुभयो । घटना लगत्तै प्रहरी चौकी माङ्तेवाबाट प्रहरी साहयक निरीक्षक क्रान्तिराज पौडेले कमाण्डमा तीन जनाको टोली घटनास्थल पुगेको थियो । खुकुरी प्रहार गर्ने सुरेन्द्र र अमिरलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनास्थल सदरमुकमा खाँदबारीबाट एक दिनको पैदल दुरीमा पर्दछ ।
१७ असोज २०८२, शुक्रबार १०:१८ मा प्रकाशित